प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् ।  मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ । 

एसएसपी दिपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।