ट्युसन पढ्न आएका शिशु कक्षाका बालिकाहरुमाथि शिक्षकद्वारा यौन दुर्व्यवहार

ट्युसन पढ्न आएका शिशु कक्षाका बालिकाहरुमाथि शिक्षकद्वारा यौन दुर्व्यवहार

मनाङमा एक शिक्षकले ट्यूसन बढ्न आएका विद्यार्थीहरुमाथि निरन्तर यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । युकेजी र प्ले ग्रुपमा पढ्ने बालिकाहरुमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् ।

मनाङको नार्पाभूमी गाउँपालिका(१ नार गाँउस्थित नार आधारभूत विद्यालयका शिक्षकले विद्यार्थीमाथि निम्नस्तरको हर्कत गरेका हुन् । नासो गाउँपालिका(७ तिल्चे घर भएका ४३ वर्षीय शिक्षक अजयराम गुरुङविरुद्ध ४ जना अभिभावकल प्रहरीमा उजुरी गरेका थिए ।

ट्युसन पढाउने क्रममा गुरुङले बालिकाहरुलाई काखमा राखेर संम्वेदनशील अंगमा हात पुर्याउने गरेको बालिकाहरुले बताएका छन् । आफ्ना बच्चाहरु ट्युसन पढ्न जानै डराउन थालेपछि अभिभावकले फकाएर सोधेका थिए ।

नार्पाभूमी गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार विगतमा पनि विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गर्ने गरिएको सुनिएको थियो । उजुरी भने पहिलोपटक परेको हो ।

गाउँपालिका अध्यक्ष लामाले भने, ‘पहिले उजुरी नगरेपछि शिक्षकको मनोवल बढेको हुन सक्छ । यस विषयमा थप बुझदैछु ।’
नार आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । हाल निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि शिक्षकले ट्युसन पढाउने गरेका थिए । तर, ४ अभिभावकको उजुरी पश्चात शिक्षक गुरुङलाई हिजो नै पक्राउ गरिएको प्रहरी चौकी मेहेताले जनाएको छ ।

आरोपीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मनाङमा ल्याउन नसकिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले बताए ।
उनले नेपाल प्रेसलाई भने, ‘हामीले सामान्य जानकारी मात्रै पाएका छौं । एक(दुईदिनमा यहाँ ल्याइपुग्छ होला ।’
मुद्दा जिल्ला प्रहरी कार्यालयमा आइसकेपछि मात्रै थप अनुसन्धान हुने अधिकारीले बताए । मनाङमा बाढी पहिरो गएका कारण सडक सम्पर्क टुटेकाले सदरमुकाम ल्याउन समस्या भएको हो । बाढीले विजुलीका संरचना समेत बगाएकाले प्रहरी चौकी मेहेतासँग सम्पर्क हुन नसकेको हुँदा अनुसन्धान गर्न अझै केही दिन लाग्ने उनी बताउँछन् ।

‘टेलिफोन सम्पर्क टुटेको छ । जानकारी पनि राम्रोसँग आइनसकेकाले केही भन्न सक्ने अवस्था छैन । चौकी इन्चार्जसँग सम्पर्कका लागि प्रयास भए पनि हुन सकेको छैन,’ उमनाङमा एक शिक्षकले ट्यूसन बढ्न आएका विद्यार्थीहरुमाथि निरन्तर यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । युकेजी र प्ले ग्रुपमा पढ्ने बालिकाहरुमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् ।

मनाङको नार्पाभूमी गाउँपालिका(१ नार गाँउस्थित नार आधारभूत विद्यालयका शिक्षकले विद्यार्थीमाथि निम्नस्तरको हर्कत गरेका हुन् । नासो गाउँपालिका(७ तिल्चे घर भएका ४३ वर्षीय शिक्षक अजयराम गुरुङविरुद्ध ४ जना अभिभावकल प्रहरीमा उजुरी गरेका थिए ।
ट्युसन पढाउने क्रममा गुरुङले बालिकाहरुलाई काखमा राखेर संम्वेदनशील अंगमा हात पुर्याउने गरेको बालिकाहरुले बताएका छन् । आफ्ना बच्चाहरु ट्युसन पढ्न जानै डराउन थालेपछि अभिभावकले फकाएर सोधेका थिए । नार्पाभूमी गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार विगतमा पनि विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गर्ने गरिएको सुनिएको थियो । उजुरी भने पहिलोपटक परेको हो ।
गाउँपालिका अध्यक्ष लामाले भने, ‘पहिले उजुरी नगरेपछि शिक्षकको मनोवल बढेको हुन सक्छ । यस विषयमा थप बुझदैछु ।’
नार आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । हाल निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि शिक्षकले ट्युसन पढाउने गरेका थिए । तर, ४ अभिभावकको उजुरी पश्चात शिक्षक गुरुङलाई हिजो नै पक्राउ गरिएको प्रहरी चौकी मेहेताले जनाएको छ ।
आरोपीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मनाङमा ल्याउन नसकिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले बताए ।
उनले नेपाल प्रेसलाई भने, ‘हामीले सामान्य जानकारी मात्रै पाएका छौं । एक(दुईदिनमा यहाँ ल्याइपुग्छ होला ।’
मुद्दा जिल्ला प्रहरी कार्यालयमा आइसकेपछि मात्रै थप अनुसन्धान हुने अधिकारीले बताए । मनाङमा बाढी पहिरो गएका कारण सडक सम्पर्क टुटेकाले सदरमुकाम ल्याउन समस्या भएको हो । बाढीले विजुलीका संरचना समेत बगाएकाले प्रहरी चौकी मेहेतासँग सम्पर्क हुन नसकेको हुँदा अनुसन्धान गर्न अझै केही दिन लाग्ने उनी बताउँछन् ।
टेलिफोन सम्पर्क टुटेको छ । जानकारी पनि राम्रोसँग आइनसकेकाले केही भन्न सक्ने अवस्था छैन । चौकी इन्चार्जसँग सम्पर्कका लागि प्रयास भए पनि हुन सकेको छैन,’ उनले भने ।
प्रहरी चौकी मेहेताबाट जिल्ला प्रहरी कार्यालय पुग्न एक दिन लाग्छ । प्रहरीको टोली बाढीपिडितहरुको उद्धारमा खटिनुपरेकाले सदरमुकाम ल्याउन समस्या भएको हो ।नले भने ।
प्रहरी चौकी मेहेताबाट जिल्ला प्रहरी कार्यालय पुग्न एक दिन लाग्छ । प्रहरीको टोली बाढीपिडितहरुको उद्धारमा खटिनुपरेकाले सदरमुकाम ल्याउन समस्या भएको हो ।