लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्यायो हुन्डाईको एसयूभी ‘प्यालिसेड’

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्यायो हुन्डाईको एसयूभी ‘प्यालिसेड’

 हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सिटर प्रिमियम एसयूभी हो ।

कम्पनी स्रोतका अनुसार यो कार छिट्टै नै आधिकारिक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ, जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।