डोटीको शिखर नगरपालिकामा ११ जना विपन्न परिवारका महिलालाई खाद्यान्न वितरण

डोटीको शिखर नगरपालिकामा ११ जना विपन्न परिवारका महिलालाई खाद्यान्न वितरण

 सरिता कठायत

डोटीको शिखर नगरपालिकामा ११ जना विपन्न परिवारका महिलाहरूलाई खाद्यान्न वितरणमा गरिएको छ ।

पछिल्लो समय कोरोना महामारीले पारेको असर र लामो समयसम्मको लगडाउनका कारण गरिखाने परिवारहरूलाई साझँ बिहानको छाक टार्न समेत धौ धौ परिरहेको छ । यस्तो बेला एकल महिला, अपांग, वृद्ध तथा दलित महिलाहरूले भोकै बस्न नपरोस् भनेर मेचीमहाकाली बुहारी संयुक्त आवाज तथा यस संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो । खाद्यान्नमा चामल,दाल,नुन,तेल लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

सत्र हजार ५ सय बराबरको खाद्यान्न सामाग्री प्रदान गरिएको छ । मेचीमहाकाली बुहारी संयुक्त आवाज डोटी साखाका संयोजक देवी खड्काको अध्यक्षता र शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीको प्रमुख आतिथ्यमा राहात वितरण गरिएको हो ।

राहात वितरण कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका सदस्य मन्जु खड्का साउद, शिखर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा गुरूङको समेत उपस्थिति रहेको थियोे । सुदूरको डोटी जिल्लामा रहेको शिखर नगरपालिकामा रहेका विपन्न परिवारका महिला हरूलाई सम्झेर राहत वितरण गरेकोमा मेचीमहाकाली बुहारी संयुक्त आवाज संस्था तथा संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बालाई नगर प्रमुख सिताराम जोशीले धन्यवाद ज्ञापन गर्नुभयो ।

आफू विपन्न परिवारको भएर यसरी संस्थाले खाद्यान्न सहयोग गरेकोमा धेरै खुसी भएको र आगामी दिनमा पनि संस्थाले आफू जस्तै महिलाहरूलाई सहयोग समेत गरिदिनुहोला भन्नू हुन्छ शिखर नगरपालिका ११ कि कलापती दमाई ।

भौगोलिक रूपमा बिकट रहेका गाउँठाउँ तथा पिडामा परिरहनु भएका महिला र बालबालिकाहरूको लागि सहयोग गर्ने संस्थाको मुल उदेश्य रहेको संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी गराउनु भयो ।