अयोध्याधाम बन्याे नयाँ धार्मिक गन्तव्य

अयोध्याधाम बन्याे नयाँ धार्मिक गन्तव्य

 चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरीमा पर्ने चर्चा गर्नुभएपछि यो क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ ।

अयोध्याधाम निर्माण प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले माडीमा अयोध्याधाम निर्माण गुरुयोजनाअन्तर्गत यो क्षेत्रको विकासका लागि प्रदेश र सङ्घीय सरकारले बजेट नै विनियोजन गरेपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा फड्को मार्ने देखिएको जानकारी दिनुभयो ।

“ऋषि वाल्मीकिको आश्रम रहेको वाल्मीकि आश्रम, पाँच पाण्डवले गुप्तवास बसेको गोद्धक, पाँच पाण्डव तालसमेतलाई समेटी अयोध्याधाम निर्माण गर्ने गरी योजना अघि बढेको छ”, संयोजक दवाडीले भन्नुभयो । अयोध्याधामसँगै माडीमा रहेको ऐतिहासिक सोमेश्वर गढी क्षेत्र माडीको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सहयोगी भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “अब गुरुयोजनाअनुसार नै अयोध्याधामलाई पर्यटकीय क्षेत्र बनाउने कार्य सुरु हुन्छ