युरो कप : समूह चरणमा बेल्जियमको शतप्रतिशत जित

युरो कप : समूह चरणमा बेल्जियमको शतप्रतिशत जित

 बेल्जियमले युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।

गएराति भएको समूह ‘बी’ को अन्तिम खेलमा फिनल्यान्डमाथि २-० को जित निकाल्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । बेल्जियमले यसअघि रसिया र डेनमार्कलाई पनि पराजित गरेको थियो ।

बेल्जियमलाई जित दिलाउनको लागि एक गोल रोमेलु लुकाकु गरे भने अर्का गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ७४ औँ मिनेटमा बोल्जियले अग्रा लिएको थियो । फिनल्यान्डका गोलकिपर लुकास राडिकेले आफ्नै पोस्टमा गोल गरेपछि बेल्जियमले अग्रा लिएको थियो ।

८१ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे। उनले डि बुएनको पासमा गोल गरेका थिए।

जितसँगै बेल्जिमयले समूहमा ९ अंक जोड्यो । डेनमार्क, रसिया र फिनल्यान्डको समान ३-३ अंक रहेपनि तीन टोलीबीच नतिजामा डेनमार्क राम्रो गोलअन्तरका साथ दोस्रो रहँदै नकआउट चरणमा प्रवेश गर्यो ।

फिनल्यान्ड ३ अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नेछ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।