ओली पार्टी एकता भंग गर्ने दिशामा लागे : वरिष्ठ नेता नेपाल

ओली पार्टी एकता भंग गर्ने दिशामा लागे : वरिष्ठ नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधाव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकता भंग गर्ने दिशामा लागेको आरोप लगाउनु भएको छ । सोमबार सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै अध्यक्ष ओली पार्टी एकताको विपरित दिशामा लागेको आरोप लगाउनु भएको हो ।

वरिष्ठ नेता नेपालले कर्णालीका प्रदशका मुख्यमन्त्रीलाई बिश्वासको मत दिने ४ सांसदलाई कारवाही गरिएकोमा अदालतले पुनर्वहाली गरेको ओली भ्याकेटमा जाने निर्णय गरेको प्रति लक्षित गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले भन्नु भएको छ, ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ।’

उहाँले स्थायी समितिका नेतामाथि कथित कारबाही र फेरि सँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले ओलीमाथि विभिन्न शंकै उब्जाएकै अवस्थामा जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसैलाई कमजोरीका रुपमा लिएको पनि जिकीर गर्नु भएको छ ।

कर्णालीका ४ सांसदलाई पुनर्वहाली गर्न प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सर्वोच्चको आदेशविरुद्ध सोमबार पुनरावलोकनका लागि निवेदन दिनु भएको छ ।

वरिष्ठ नेता नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्धको ओली लागेको प्रष्ट साथ देखिएको पनि दावी गर्नु भएको छ ।

उहाँले असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन पनि आग्रह गर्नु भएको छ ।