युरो कप : डेनमार्क नकआउट चरणमा प्रवेश

युरो कप : डेनमार्क नकआउट चरणमा प्रवेश

डेनमार्क युरोपेली च्याम्पियनसिपको अन्तिम १६ प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम १६ मा प्रवेश गरेको हो ।

बेल्जियमले फिनल्यान्डलाई २-० ले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४-१ ले पराजित गर्दै नकआउट चरणको यात्रा पक्का भयो ।

डेनमार्क, रसिया र फिनल्यान्डको समान ३-३ अंक रहेपनि तीन टोलीबीच नतिजामा डेनमार्क राम्रो गोलअन्तरका साथ दोस्रो रहँदै नकआउट चरणमा प्रवेश गर्यो । फिनल्यान्ड ३ अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नेछ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

डनेमार्कलाई सानदार जित दिलाउनको लागि डाम्सगार्ड, पाउलसेन, क्रिस्टियनसन र मइहले गोल गरे । रसियाका जुवाले एक गोल फर्काए ।

खेलको ३८ औँ मिनेटमा डाम्सगार्ड गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । डेनमार्कको लागि पाउलसेनले ५९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बना । ७० मिनेटमा जुवाले रसियाका लागि पेनाल्टीबाट गोल फर्काए।

त्यसपछि डेनमार्कका लागि क्रिस्टियनसनले ७९ मिनेट र मइहले ८२ मिनेटमा गोल गरेका थिए ।