आठराई गाउँपालिकाले योजना अनुगमन कार्यक्रमलाई दियो तीव्रता

आठराई गाउँपालिकाले योजना अनुगमन कार्यक्रमलाई दियो तीव्रता

तेह्रथुम । आठराई गाउँपालिकाले योजना अनुगमन कार्यक्रमलाई तीव्रता दिएको छ । उपाध्यक्ष सहितको टोलीले गाउँपालिकाका विभिन्न वडाहरुमा संचालित योजनाहरुको अनुमान गरिरहेको हो ।

असार २ गतेबाट गाउँपालिका भित्रका विभिन्न वडाहरुमा संचालित योजनाहरुको अनुगमन भइरहेको उपाध्यक्ष रुपा कन्दङ्वाले बताउनु भयो ।

उहाँका अनुसार हालसम्म गाउँपालिकाको वडा नम्बर २ खाम्लालुङ, ४ नम्बर इवा, ५ छातेढुंगा, ५ नम्बर चुहानडाँडा र ७ नम्बर थोक्लुङका योजनाहरुको अनुगमन भइसकेको  छ ।

त्यस्तै बाँकी अन्य वडाको योजनाहरुको भने अनुगमन गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

खानेपानी ट्याङ्कीको निर्माण

अनुगमनको क्रममा गाउँपालिकाको वडा नम्बर ६ चुहानडाँडाको खानेपानी आयोजनाको काम उत्कृष्ट ढंगबाट भइरहेको पाइएको उपाध्यक्ष कन्दङवाले बताउनु भयो ।

उक्त खानेपानी आयोजना अन्तर्गत चुहानडाँडा बजारस्थित लाम्चेबर नजिकै खानेपानी ट्याङ्कीको निर्माण भइरहेको छ । पहिलेकै खानेपानी आयोजनाको स्तरवृद्धि गर्ने गरि आयोजनाको निर्माण भइरहेको हो ।

यो आयोजना निर्माण सम्न्न भएपछि चुहानडाँडा स्थित बहुमुखी क्याम्पस, कृषि बैंकसहित १ सय ५० घर परिवार खानेपानीबाट लाभाम्भित हुने बताइएको छ ।

अहिले ३२ लाख लागतमा अहिले योजनाको स्तरवृद्धि भइरहेको हो । जसमा स्थानीय उपभोक्ताको पनि लगानी रहेको छ । यो योजनाको लगभग ७५ प्रतिशत काम सम्पन्न भइसकेको उपाध्यक्ष कन्दङ्वाले बताउनु भयो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी

गाउँपालिकामा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कामहरु पनि प्रभावकारी भइरहेको उपाध्यक्ष कन्दङ्वाले बताउनु भयो । त्यसमा पनि वडा १ मा प्रधानमन्त्री स्वरोजगार अन्तर्गतको सडकको काम प्रभावकारी भएको बताइएको छ । यहाँ सडक ग्राभेलिङ तथा सडक नाली निर्माणले अत्यनतै राम्रो भएको बताइएको छ ।

यो कार्यक्रमलाई फजुल खर्च गर्ने माध्यम मात्रै बनाइएको टिप्पणी गर्नेहरुको लागि यो काम गतिलो जवाफ भएको उपाध्यक्ष कन्दङ्वाले बताउनु भयो । हिलम्मे हुने सडकहरु उक्त कार्यक्रम पछि सवारी संचालनको लागि सहज भएको उहाँको दावी छ ।

भवन निर्माणको काम सन्तोश जनक

वडा ७ थोक्लुङमा वडा कार्यालय र वडा ५ छातेढुंगामा पनि विद्यालय भवन निर्माण भइसरको गाउँपालिका कार्यालयले जनाएको छ । उक्त भवनहरु निर्माणको काम सन्तोश जनक ढंगले भइरहेको बताइएको छ ।

केही महिना अघिबाटै अनुगमनको कार्यक्रमहरु हुदै आएपनि दोस्रो लहरको कोरोना महामारी फैलिएपछि रोकिएको थियो । तर अहिले अनुगमन कार्यलाई तीव्रता दिइएको गाउँपालिका कार्यलयले जनाएको छ ।