आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो

आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो

आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो।
यो सब भ्रम हो साथी तिमी भन्छौ प्यार हो।

वनमा डुल्दै मह बटुल्दै जान्छ कठै! माहुरी,
खाइदिन्छ अरु के गर्नु स्वार्थी यो संसार हो।

काम पाइएन बेरोजगार भइयो भन्दै नहिड्नु,
कार्वाही गरिनेछ यो श्रमजीवीको सरकार हो।

रेल आयो,पानी जहाज पुग्दै छ गफ नठान्नू,
सपना मुलुक समृद्धिको पहिलो आधार हो।

विकास हुँदै गर्छ नियमित प्रक्रिया हो के छ,
हामीले भनेको त घर-घरमा सिंहदरबार हो।