बढ्यो सुनको मुल्य, तोलाको कति ?

धनगढी खबर    

बढ्यो सुनको मुल्य, तोलाको कति ?

स्थानीय बजारमा सुन–चाँदीको मूल्य फेरि बढेको छ । सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको भाउ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९० हजार ४०० कायम गरिएको थियो ।

तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ ।दुई दिनदेखि चाँदीको भाउ पनि निरन्तर बढेको छ । चाँदीको भाउ पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ ।



मङ्गलबार ०८, असार २०७८ १२:१३ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस