मुलुकभर ४,५२२ जना नयाँ संक्रमित थपिए, ४१ को मृत्यु

मुलुकभर ४,५२२ जना नयाँ संक्रमित थपिए, ४१ को मृत्यु

  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

आज देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर थप ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।