धनगढी स्थित सेती अस्पतालमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि

धनगढी स्थित सेती अस्पतालमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि

मंगलबार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ६२ जनाको नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारि दिए । ती मध्ये कैलालीको धनगढीका ४ जना र धनगढीबाहेक कैलालीकै १७ जना रहेको उनले बताए।
पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना डिस्चार्ज भएका छैन भने थप ६ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।