सर्वोच्चले केपी ओलीले गरेका घात र वेथिति खारेज गरेको छ : भीम रावल

सर्वोच्चले केपी ओलीले गरेका घात र वेथिति खारेज गरेको छ : भीम रावल

एमाले नेता भीम रावलले आज सर्वोच्च अदालतको आदेशले कामचलाउ प्रधानमन्त्री केपी ओलीबाट भएको गलत कार्य खारेज भएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धति अबलम्बन गरिएकोमा त्यसलाई सर्वोच्चले खारेज गरेको उनको भनाइ छ ।

उनले यो आदेशपछि के प्रधानमन्त्रीले राजनीतिक नैतिकताको बोध गर्नुहोला भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ।

के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’उनले मन्त्रिपरिषद् विस्तार हुँदा पनि ओलीको यो कदम चरम बेथिति र मन्त्रिपरिषद् प्रतिकै अवमूल्यन भएको टिप्पणी गरेका थिए ।