मुख्यमन्त्री भट्टका स्वकीयले योजना हालिदिने भन्दै डेढलाख असुली गरेको आरोप

मुख्यमन्त्री भट्टका स्वकीयले योजना हालिदिने भन्दै डेढलाख असुली गरेको आरोप

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीयले योजना हालिदिने भन्दै कमिसन खाएको आरोप लागेको छ । मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ र रमेश जोशी  ‘सैपाल’ले डेढलाख कमिसन खाएको तर योजना नहालेको आरोप लागेको हो ।

शिखर नगरपालिका -११ का युवा जगन्नाथ बलाएरले योजना हालिदिने भन्दै आफू बाट स्वकीय सचिव प्रख्यातले सुरुमा ५० हजार त्यसपछि ३० हजार र सैपालले ५० र अन्य खर्च गरी डेढलाख लिएको फेसबुकमा उल्लेख गरेका छन् ।

बलाएरले उक्त रकम फिर्ता नगरे अरु ठाउँका योजनाको पनि कमिसन खुलाई दिने बताएकाछन्। मुख्यमन्त्री, स्वकीय सचिव र प्रदेश सरकारले विगत देखिनै योजना बेच्दै आएको आरोप सुरुवात देखि लाग्दै आएको छ ।