सर्वोच्चको आदेशबाट नवनियुक्त मन्त्रीहरु पदमुक्त भएपछि धनुषामा दीप प्रज्वलन

सर्वोच्चको आदेशबाट नवनियुक्त मन्त्रीहरु पदमुक्त भएपछि धनुषामा दीप प्रज्वलन

सर्वोच्च अदालतले संघीय सरकारका नवनियुक्त २० मन्त्रीलाई पदमुक्त गरेपछि धनुषामा दीप प्रज्वलन गरिएको छ ।

नगराइन नगरपालिकामा नेकपा एमाले माधव नेपाल पक्षीय यूवाहरुले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् । सर्वोच्चको फैसला स्वागत योग्य रहेकाले दीप प्रज्वलन गरेको माधव नेपाल पक्षका विद्यार्थी नेता आदर्श मण्डलले बताए ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले संविधानलाई लत्याउँदै मन्त्रिपरिषद् विस्तार गरेका थिए । सर्वोच्चको फैसलाले संविधानको पालना गर्न पाठ सिकाएको छ ।’