सबै वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ : नेता नेपाल

सबै वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र  परिवर्तनकारी  सकारात्मक शक्तिहरू एक हुन आग्रह गर्नु भएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले पार्टी एकाबद्ध र आन्दोलन निर्माण गर्नका साथै देशको गरिमा उँचो बनाउनको लागि उक्त शक्तिहरु एक हुन पर्ने बताउनु भएको छ ।

‘एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं,’ उहाँले भन्नु भएको छ, ‘मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं।’

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम नदिने उहाँको भनाइ छ । त्यस्त गलत कार्यहरुको खबरदारी सँधै गर्दै आएको पनि उहाँको भनाइ छ ।

जनताको जनचाहना अनुसार संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई तहसनहस पारेको उहाँको आरोप छ ।

उहाँले संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोगिरहेको पनि उहाँको भनाइ छ ।