विश्वयापी महामारीको रुपमाफैलिएको कोरोना संक्रमणका कारण लामो समयदेखि शिक्षण संस्था बन्द भएकाले बीरगंजयुवा उद्यमी मञ्चले (एनवाईईएफ) भिडियो कक्षा संचालन गरेको छ ।
कोरोनाको जोखिमकायमै रहेको तथा तेस्रो भेरिएन्टले सबैभन्दा बढि बालबालिकालाई प्रभावित पार्नेभएकोले हाल विद्यालयहरु संचालनमा आउने सम्भावना कम भएको हुँदा विधार्थीहरुले घरमै बसीसमयको सदपुयोग गर्न सकोस भन्ने उदेश्याका साथ यो भिडियो कक्षा संचालन गरिएको हो।
वीरगंज युवा उद्यमी मंचका अध्यक्ष अनुपअग्रवालले खास गरि इन्टरनेटको पहुँच नभएका बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनु नपरोसभन्दै ‘सबैका लागि शिक्षा’ नाराका साथ जेठ ३१ गतेबाट भिडियो कक्षा संचालन गरेकोबताए ।
उनले वीरगंज महानगरपालिका, डियरवाक लर्निड्ड सेन्टर तथा टिभी बीरगंजकोसहयोगमा संचालन गरेको भिडियो कक्षाको भरपुर फाईदा लिन बिधार्थीहरुलाई अनुरोध गरे ।
भिडियो कक्षा टिभी बीरगंजबाट बिहान८ देखि ११ सम्म कक्षा ५ देखि ७ सम्म र दिउसो ३ देखि ६ बजेसम्म कक्षा ८ देखि १०सम्मका विधार्थीहरुका लागि संचालन भइरहेको अग्रवालको भनाई छ ।
बीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले कोरोनाबाट सबैभन्दा अति प्रभावित क्षेत्रको रुपमा शिक्षा समेत रहेकोहुनाले यो विषम परिस्थितिमा बीरगंज युवा उद्यमी मञ्चले बालबालिकाको शिक्षालाईप्राथमिकतामा राखि भिडियो कक्षा संचालन गरेको कार्य सह्रानीय रहेको बताउँदै आयोजकसँस्थालाई धन्यवाद समेत दिए ।
उनले यस्ता खाले कार्यमा महानगर पनि सहयोग गर्न सधैतत्पर रहने प्रतिबद्धता पनि जनाए ।