दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने

दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने

दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने भएका छन् । बुधवार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो।

सवारी चालक तथा सह चालकहरूले एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट देखाएर मात्र चल्न पाउनेछन् । सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सिट क्षमता अनुसार सवारी राख्न पाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

बुधवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति दार्चुलाको बैठकले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउन सिफारिस गरेको छ ।