बुधबार सेती अस्पतालमा कोरोना परीक्षण शून्य

बुधबार सेती अस्पतालमा कोरोना परीक्षण शून्य

बुधबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण भएको छैन। अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्।

हाल अस्पतालमा २० जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना भेन्टिलेटर, ४ जना आईसीयू, ९ जना अक्सिजनको सपोर्टरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।