आज सुदूरपश्चिममा १ जना कोरोना संक्रमितको मृत्यु, १०८जना निको

रासस    

आज सुदूरपश्चिममा १ जना कोरोना संक्रमितको मृत्यु, १०८जना निको

सुदूरपश्चिम प्रदेशमा बुधबार १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरका एक जनाको मृत्यु भएको हो। 

यस्तै १०८ जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३१ नमुना पीसीआर तथा प्रदेशभरि ७ सय ५२ नमुना एन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परीक्षणमा २९ जनामा संक्रमण पुस्टि भएको छ।

महाकाली अस्पतालमा ११ नमुना परीक्षण गर्दा ४ जनामा , डडेल्धुरा अस्पतालमा १६ जनाको नमूना परीक्षण गर्दा ४ जना र कमल बजार प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। 

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५७ हजार ३६८ नमुना परीक्षण गर्दा ४३ हजार ३४५ जनामा संक्रमण पुस्टि भएको छ भने ५७० जनाको मृत्यु भएको छ।



बुधबार ०९, असार २०७८ ०६:४७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस