बालिकामाथि यौनहिंसा आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा

बालिकामाथि यौनहिंसा आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा

धनगढी-बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका कैलालीका एक गुम्बाका संरक्षक धरौटीमा रिहा भएका छन् ।यौन हिंसाको आरोपमा पक्राउ परेका गोदावरी नगरपालिका–२ वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामा ९० हजार धरौटी बुझाएर २७ दिनमा थुनामुक्त भएका हुन् ।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लामा धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

लामाविरुद्ध तीन बालिकाका तर्फबाट परेको छुट्टाछुट्टै उजुरीमा अदालतले जनही ३०-३० हजार रुपैयाँ धरौटी माग गरेको थियो । सो रकम बुझाएर लामा मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।

गुम्बामा रहेका बालिकाले आफूहरुमाथि लामाले यौन हिंसा गर्दै आएको कुरा सार्वजनिक भएपछि कैलाली प्रहरीले उनलाई जेठ १३ गते पक्राउ गरेको थियो ।

लामाविरुद्ध दुई बालिकाका अभिभावक र एकजनाको तर्फबाट शान्ति पुर्नस्थापना केन्द्र धनगढीले बाल यौन दुव्र्यवहारको मुद्दा दर्ता गरेको थियो । बि.स. २०६५ सालमा स्थापना भएको गम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।