धनगढीमा बाल्मिकी ईन्टरनेशनल स्कुल सञ्चालनमा

धनगढीमा बाल्मिकी ईन्टरनेशनल स्कुल सञ्चालनमा

गत वर्ष स्थापना भएको बाल्मिकी ईन्टरनेशनल स्कुल  सञ्चालनमा आएको छ ।

यस शैक्षिक सत्रबाट विद्यार्थी भर्ना गरिरहेकोे बाल्मिकी ईन्टरनेशनल स्कुलले असार १५ गतेदेखि अनलाईन कक्षा शुरु गर्ने भएको हो ।

आज स्कुलमा आयोजित पत्रकार सम्मेलनमा स्कुलका अध्यक्ष दिनेशराज भण्डारीले असार १५ गतेबाट अनलाईन कक्षा र कोरोनाको प्रभाव कम भएपछि भौतिक रुपमै पठन पाठन शुरु गरिने जानकारी दिए ।

पठन पाठन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले जानकारी दिए ।
गुरुकुल शिक्षा पद्धति र २१ औं शताब्दिको आधुनिक शिक्षा पद्धतिलाई मिश्रण गरेर बाल्मिकी स्कुलले एक देखि १० कक्षा सम्म पठन पाठन गर्ने बताईएको छ । हालसम्म सय जना विद्यार्थी भर्ना भईसकेको बाल्मिकीले पहिलो वर्ष तीन सय विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ ।

बाल्मिकी ईन्टरनेशनल स्कुलमा विहान ८ बजेदेखि साँझको साढे ५ बजे पठनपाठन हुने छ । पढाईका अतिरिक्त खेलकुद, पौष्टिक खाना र विद्यार्थीको सर्वागिंण विकासका लागि अन्य क्रियाकलापहरु समेत सञ्चालन गर्ने बताईएको छ ।

बाल्मिकीले मन्टेश्वरीदेखि कक्षा ५ सम्मको मासिक शुल्क १५ हजार, कक्षा ६ र ७ को १८ हजार पाँच सय र कक्षा नौ र १० को १९ हजार पाँच सय निर्धारण गरेको छ।  यसमा पठनपाठन, बस सेवा, खाना र अतिरिक्त क्रियाकलापको शुल्क समेत समावेश छ । अनलाईन कक्षा सञ्चालनको अवधिमा तोकिएको शुल्कमा खाना वापतको ६ हजार शुल्क लाग्ने छैन ।

सुरुमा भर्ना गर्दा रजिष्टे«सन शुल्क २५ हजार, सेक्युरिटी शुल्क १५ हजार र बार्षिक शुल्क वापत २५ हजार रुपैया निर्धारण गरिएको छ । 
गुणस्तरीय शिक्षाका लागि आफ्ना सन्तानहरुलाई घरबाट टाढा देश बाहिर तथा काठमाण्डौं पठाउन बाध्य अभिभावकहरुको सुबिधाका लागि अन्तर्राष्टिय स्तरको शैक्षिक सेवा धनगढीमा दिने उद्देश्यले बाल्मिकी ईन्टरनेशनल स्कुल सञ्चालनमा ल्याएको अध्यक्ष भण्डारीले बताए ।