जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्षले लिए शपथ

जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्षले लिए शपथ

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको शपथ ग्रहण गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्काले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहको पनि उपस्थिति रहेको थियो । यस्तै प्रदेश खेलकुद परिषदको सदस्यमा मनोनित संञ्जिता चौधरीलाई पनि शपथ गराईएको छ ।

कैलाली जिल्ला अध्यक्ष खत्री लामो समयदेखि खेलकुदमा आबद्ध रहदै आएका छन् । कराँतेका खेलाडी रहेका खत्रीले देश विदेशमा विभिन्न पदकहरु पनि जितेका छन् ।उनले धनगढीमा धनगढी कराँते एकेडेमी सञ्चालन गर्दै आएका छन् । एकेडेमीमा आबद्ध खेलाडीहरुले पनि पछिल्लो समयमा पदक जितिरहेका छन् । बर्षा रावत, जगत धानुक लगायतका खेलाडीहरु धनगढी कराँते एकेडेमीका खेलाडी हुन् । 

कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा शपथ ग्रहण भएसँगै उनले कैलाली जिल्लामा विभिन्न खेलकुुदका गतिविधिहरुलाई अगाडी बढाउने बताएका छन् । उनले आफु पनि खेलाडी भएकोले खेलाडीहरुको पिर मर्का बुझेकोले सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।