कलम चुनाव चिन्ह लिएर एमालेको माधव नेपाल पक्षद्वारा नयाँ दल दर्ता

कलम चुनाव चिन्ह लिएर एमालेको माधव नेपाल पक्षद्वारा नयाँ दल दर्ता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताद्वारा निर्वाचन आयोगमा कलम चिन्हसहित नयाँ दल दर्ता गरिएको छ ।

दुई दिनअघि जीवन राईको अध्यक्षतामा दल दर्ता गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार पार्टीलाई आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत दिइसकिएको छ ।

वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।