दार्चुलामा जोर बिजोर प्रणालीमा सवारी साधन चल्ने

दार्चुलामा जोर बिजोर प्रणालीमा सवारी साधन चल्ने

दार्चुला;  दार्चुलामा जोर बिजोर गरेर सवारी साधन चल्ने भएका छन् ।

बुधबार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितीको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो ।

सवारी चालक तथा सह चालकहरुले एन्टिजेन परीक्षण गरि नेगेटिभ रिपोर्ट देखाएर मात्र चल्न पाउनेछन् । सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सिट क्षमता अनुसार सवारी राख्न पाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

बुधवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिती दार्चुलाको बैठकले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउन सिफारिस गरेको छ ।