आजको राशिफल

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछी परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा सन्तानबाट तपाईँले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउदा मन प्रशन्न हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवारका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा समय दिन सकिने छैन । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । प्रेम प्रशङगमा अविश्वास बढ्नेछ भने आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाजिनेछ । तरपनि विदेशमा वसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभ भावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मन पर्ने मायालुका साथ दिनभर समय व्यायित गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगमा सवारी साधन तथा भौतिक सम्पती प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलव्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मान जनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।