आजको मौसम : केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका अनुसार हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा र बागमती प्रदेश, पर्दश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ। यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।