दार्चुलाको महाकाली नगरपालिकाले ल्यायो ६३ करोडको बजेट

दार्चुलाको महाकाली नगरपालिकाले ल्यायो ६३ करोडको बजेट

 दार्चुलाको महाकाली नगरपालिकाले अगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कुल ६३ करोड ३५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आठौँ नगरसभामा मार्फत नगर उपप्रमुख सुना बोहराले अगामी वर्षका लागी वार्षिक बजेट प्रस्तुत गरेकी हुन्।

संघीय वित्तीय समानिकरण, संघीय शर्सत अनुदान, संघीय राजश्व बाडफाड, प्रदेश वित्तीय समानिकरण लगायतका स्रोतबाट प्राप्त हुने बजेटको आधारमा वार्षिक बजेटको खाका तयार पारी प्रस्तुत गरिएको छ।

कुल बजेटको १३ करोड ९५ लाख संघीय वित्तीय समानीकरणबाट, २६ करोड ९ लाख संघीय शर्सत अनुदानबाट, ७ करोड २३ लाख राजश्व बाडफाडबाट, १ करोड २ लाख ५८ हजार प्रदेश समानिकरण अनुदानबाट, १५ लाख ४८ हजार प्रदेश राजश्व बाँडफाड तथा सवारी करबाट, ३ करोड ६६ लाख संघीय विशेष अनुदानबाट, १ करोड ६० लाख संघीय समपुरक अनुदानबाट, २५ लाख प्रदेश विशेष अनुदानबाट, ९६ लाख प्रदेश सम्पुरक अनुदानबाट, ५ करोड सामाजिक सुरक्षा भत्तामा, १ करोड ५० लाख आन्तरिक आय र ९३ लाख ३६ हजार भारतीय राजदुतावास अनुदान प्राप्त हुने अनुमान सहित नगर उपप्रमुख बोहराले सभा समक्ष बजेट प्रस्तुत गरेकी हुन।

कुल बजेटबाट शैक्षिक नगरी निर्माण अभियानका लागी ४ करोड ८६ लाख, कृषि तथा पशु कार्यक्रम संचालनका लागी ३ करोड ६३ लाख, सडक पूर्वाधार निर्माणका लागी ४ करोड ३० लाख, पर्यटन तथा सास्कृतिक कार्यक्रमका लागी १ करोड ४६ लाख २६ हजार, खानेपानीको सहज आपुर्तिका लागि १ करोड १३ लाख, स्वच्छ नगर अभियान संचालनका लागि ५० लाख, महिला बालवालिका, जेष्ठ नागरिक तथा अपांग कार्यक्रम संचालनका लागी १ करोड १० लाख ५० हजार विनियोजन गरिएको छ। “कृषि, शिक्षा पर्यटन र व्यापार, महाकाली नगरपालिकाको समृद्धिको आधार” भन्ने नाराका साथ आठौ नगरसभा सोमबारदेखि सुरु भएको हो।
 
नगरपालिकाले अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ। नगरपालिकाको नयाँ कार्यक्रमको रुपमा कृषकको खेतबारीमा कृषि प्राविधिक कार्यक्रम, टुहुरा बालबालिकाहरुका अभिभावक नगरप्रमुख, एकल महिलाको साथी नगर उपप्रमुख, एक घर एक फलफूल बिरुवा उत्पादन कार्यक्रम अघि सारिएको छ।