नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम सात अर्बमा झर्यो

नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम सात अर्बमा झर्यो

नेप्से सूचक १६.९६ अंकले घटेर २८४३.०० को बिन्दुमा पुगेको हो ।

आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाईड्रोपावर र होटेल र पर्यटन बाहेक सबै समूहको समूहगत सूचक घटेको छ । हाईड्रोपावर समूहको समूहगत सूचक सर्वाधिक बढी १.९७ प्रतिशत बढेको छ भने विकास बैंक समुहको १.६४ प्रतिशतले घटेको छ ।