जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन्।

जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाइ छ।

प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्बन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए।

जम्मु कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारेका छन्।

झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मिरका १४ नेता सहभागी भएका थिए ।

भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो ।

प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए।

उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ ।

जम्मु र कश्मिरका नेताहरुसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेको समाचारमा जनाइएको छ ।

जम्मु कश्मिरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरुका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताए।