नेपाली बजारमा सुनचाँदीको मूल्य कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य कति ?

नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) स्थिर रहेको छ ।  बिहीबार प्रति तोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ । सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोलामा ५ रुपैयाँ बढेर एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।