कञ्चनपुरमा भोलि विद्युत सेवा अवरुद्ध हुने

कञ्चनपुरमा भोलि विद्युत सेवा अवरुद्ध हुने

कञ्चनपुरमा भोलि (शनिबार) विद्युत सेवा बन्द हुने भएको छ।जिल्लाको लालपुरमा रहेका १३२/३३/११ सब स्टेसनको १३२ केभी ‘कन्ट्रोल प्यानेल’ परिर्वतन गनुपर्ने भएकाले शनिबार बिहान ७ देखि दिउँसो २ बजेसम्म विद्युत सेवा अनियमित हुने विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ।