तपाईहरु स्थायी सरकार हो, मन्त्री पद बोल्दा बोल्दै जान सक्छ : मन्त्री श्रेष्ठ

तपाईहरु स्थायी सरकार हो, मन्त्री पद बोल्दा बोल्दै जान सक्छ : मन्त्री श्रेष्ठ

 कर्मचारी स्थायी सरकार रहेको तर, मन्त्री पद भनेको बोल्दा बोल्दै जान सक्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै कर्मचारीसँगको ब्रिफिङमा मन्त्री पद जुनसुकै बेला जान सक्ने तर, कर्मचारीहरु देशको स्थायी सरकार रहेको उनले बताए ।

उनले भने, ‘तपाईंहरू स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दाबोल्दै पद जान सक्छ । त्यसैले संकटमा लड्न तपाईंहरूको भुमिका मुख्य हुन्छ ।’

जनतालाई ‘एस खोप, एस भोट’ नारामा पूर्ण रुपमा विश्वास तुल्याउने पनि उनले बताएका छन् । मध्यावधि चुनाव अघि नै जनताले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने बताउँदै जनताले ‘नो भोट, नो खोप’ भनिरहेको अवस्थामा ‘एस खोप, एस भोट’ को पूर्ण विश्वास तुल्याउने उनले बताए ।

उनल भने, ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ । जनताले नो भोट, नो खोप भनिरहेका बेला हामी अब एस खोप, एस भोट गर्नेछौँ ।’

थप मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्रालयका कर्मचारीसँग उनले कोरोना संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने बताएका छन् । साथै, यस्तो अवस्थामा दत्तचित्त भएर लागिपर्ने पनि उनले कर्मचारीलाई आग्रह गरे ।

‘विगतमा जे भयो(भयो, वर्तमानमा राम्रो साथ र सहयोगको खाँचो छ । यसकारण अन्तरआत्मादेखि यहाँहरूको सहयोगको अपेक्षा राख्छु । सबलै विश्वासका साथ काम गर्‍यो भने मात्रै चूनौतीको सामना गर्न सकिन्छ ।’

मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन् ।