डोटीमा सर्पको टोकाइबाट २१ बर्षिया महिला घाइते

डोटीमा सर्पको टोकाइबाट २१ बर्षिया महिला घाइते

 निश्चल नरेश बोगटी

डोटीमा सर्पको टोकाइबाट एक जना महिला घाइते भएकी छन् ।

सर्पको टोकाइबाट जिल्लाको शिखर नगरपालिका–११ गोपघाट बस्ने बर्ष २१ की बसन्ती बलायर घाईते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लका अनुसार शनिबार बिहान ११ बजेतिर सेति नदिको किनारामा गेबिङ् जालिमा ढुंगा माटो भर्ने क्रममा निजलाई सर्पले टोकेको हो ।

बलायरको सुजङ्ग अस्पताल राजपुरमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त रहेको डोटी प्रहरीले जानकारी दिएको छ । बर्खा लाग्ने बितिक्कै डोटीको शिखर नगरपालिका लगायत अन्य ठाउँमा सर्पको बिगबिगी बढ्ने गरेको छ ।