वाढी पिडितका समस्यामा गम्भीर बन्न प्रदेश सरकारलाई काग्रेसको आग्रह

वाढी पिडितका समस्यामा गम्भीर बन्न प्रदेश सरकारलाई काग्रेसको आग्रह

धनगढी : नेपाली काग्रेस कैलालीले बाढी प्रभावित क्षेत्रमा अति आवश्यक बस्तु यथाशिघ्र पुर्याउन प्रदेश सरकार समक्ष माग गरेको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्राकृतिक विपतको जोखिमपूर्ण घडीमा प्रभावित नागरिकहरुको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न प्रदेश सरकारसंग माग गरेको हो ।

कैलाली जिल्ला सभापति नरनारायण शाह (मनु)द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु (खाद्यान, लत्ता कपडा, भाडाकुडा, औषधी, खानेपानी र अस्थायी बसोबास) को यथाशीघ्र उचित प्रबन्धका लागि प्रदेश सरकारसग हामी जोडदार माग गर्दछौ ।’

साथै, बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा, सञ्चार, विद्युत, खानेपानी लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निमाणको कार्य थालनी गर्नका लागि समेत सरकारसग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

‘बाढी प्रभावित सम्बन्धित गाउपालिका÷नगरपालिकाका नेपाली काग्रेस तथा भातृ संगठनका कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउदै डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि निर्देशन दिन्छौ ।’ विज्ञप्तिामा उल्लखे गरिएको छ । 

शनिबार रातिदेखि निरन्तर परेको पानीका कारण यस प्रदेशमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका थिए । नेपाली काग्रेस कैलालीले मृतकप्रति शोक सन्तप्त व्यक्त गर्दै घाईतेको यथाशिघ्र उपचार गर्न माग गरेको छ ।