‘प्रचण्ड’को अर्को भविष्यवाणी – ‘अबको केही दिनमै देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

‘प्रचण्ड’को अर्को भविष्यवाणी – ‘अबको केही दिनमै देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनु भएको छ । शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष दाहालले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि देउवा प्रधानमन्त्री बन्ने दावी गर्नु भएको हो ।

उहाँले कुनै सेटिङ नभइ संविधान अनुसार नै संसद पुनर्स्थापना हुने बताउनु भयो । त्यस्तैगरी प्रधानमन्त्री ओलीले हाल विभिन्न माध्यमबाट अदालतलाई संसद पुनर्स्थापना नगराउनको लागि धम्की दिने गरेको आरोप समेत लगाउनु भयो ।

‘ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याइरहेका छन् । कहिले महान्यायाधीवक्ता मार्फत धम्क्याइरहेका छन्,’ उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई प्रजातन्त्र मन नपरेकाले पनि यस्तो हर्कतहरु गरिरहेको टिप्पणी गर्नुभायो ।

अध्यक्ष ‘प्रचण्ड’ले यसअघि पनि पछिल्लो पटक भएको मन्त्रिमण्डल विस्तारलाई अदालतले खारेज गर्ने भनेर दिएको अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतले न्यायमा अपारदर्शिता देखाएको भन्दै विभिन्न टिप्पणी गर्नु भयो । प्रधानमन्त्री ओलीले सो सम्बन्धमा शंका पनि व्यक्त गर्नु भएको थियो ।