सरकार विरुद्ध विद्यार्थी आन्दोलित, ओलीको समर्थनमा यूवा संघको प्रतिकार योजना असफल

सरकार विरुद्ध विद्यार्थी आन्दोलित, ओलीको समर्थनमा यूवा संघको प्रतिकार योजना असफल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिदैँ संयूक्त विद्यार्थी संगठनले तनाव वीच विरोध प्रदर्शन गरेका छन् ।

ओलीको प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलिय गठबन्धनका भ्रातृ संगठनहरुले संयूक्तरुपमा शनिबार जनकपुरधाममा नगर प्रदर्शन गर्दै नारावाजी समेत गरेका हुन् ।

जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको संयूक्त विद्यार्थी संगठनले नगर प्रदर्शन गरिरहदाँ प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नारावाजी समेत गरेका थिए । सो क्रममा नेकपा एमाले ओली समुहका राष्ट्रिय यूवा संघ धनुषाले भने विद्यार्थीहरुले गरेको प्रदर्शनको प्रतिकारमा उत्रेका छन् ।

प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समुहका यूवाहरुले विद्यार्थीहरुले गरेको प्रदर्शनमाथि प्रतिकारको प्रयास गरेका छन् । तर संयूक्त विद्यार्थी संगठनको पूर्व निर्धारित कार्यक्रम अनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षा वीच प्रदर्शनको क्रममा समान्य झडप भएपनि अप्रिय घटना हुनबाट जोगिएको छ ।

ओली समुह संयूक्त विद्यार्थी संगठनको प्रदर्शन विरुद्ध प्रतिकारमा उत्रेपछि अवस्था निकै तनाव थियो । प्रहरीको बाक्लो उपस्थिति र कडा सुरक्षा वीच ओली समुहको प्रतिकार गर्ने योजना विफल भएको थियो ।

संयूक्त विद्यार्थीहरुले जनकपुरधामको रेल्वे स्टेशन हुदैँ भानु चोक, शिव चोक र जनक चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो ।

समापनको क्रममा ओली समुहका यूवाहरु विद्यार्थीमाथि पटक पटक जाई लाग्ने प्रयास गरेका थिए भने एक पटक समान्य झडप पनि भएको अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनिष यादवले जानकारी दिए ।

यस संयूक्त विद्यार्थी संगठनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियू धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत ४ दलिय विद्यार्थी संगठनहरुले नगरमा प्रदर्शन गरेको थियो ।