नेकपा (एमाले)को स्थायी कमिटी बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा बसेकाे बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे जनाइएकाे छ ।
बैठकले एमालेको दसौँ महाधिवेशन आयोजक कमिटीको बैठक बाेलाउने निर्णय गरेकाे छ । यसअघि सर्वाेच्च अदालतले महाधिवेशन आयोजक कमिटी अवैधानिक ठहर गरेपछि यस विषयमा कसरी अगाडि बढ्ने भन्ने बारे यही असार १६ गते उक्त बैठक बाेलाइएकाे पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
प्रवक्ता ज्ञवालीले सर्वाेच्च अदालतको उक्त आदेश गम्भीर त्रुटिपूर्ण भएको बताउँदै यसबारे छलफल गरेर अगाडि बढ्ने निर्णय भएकाे सुनाए । राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई सर्वोच्चले उपेक्षा गरेर त्रुटीपूर्ण फैसला गरेको बैठककाे निष्कर्ष रहेकाे उनले बताए ।
यसका साथै एमालेकाे दसौँ महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिने, एमालेकै माधव नेपा पक्षसँग एकता या थप कारबाहीबारे पनि उक्त बैठकमा छलफल गर्ने निर्णय बैठकले गरेकाे छ ।