धनगढीमा आधुनिक प्रविधियुक्त शिक्षा दिन दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा

धनगढीमा आधुनिक प्रविधियुक्त शिक्षा दिन दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा

धनगढी । २१ औं शताब्दी सुहाउँदो ‘स्मार्ट’ शिक्षा प्रदान गर्न कैलालीको धनगढीमा दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा आएकोे छ ।

अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढनकै लागि धनगढी बाहिर जाने र लाखौं खर्च गर्ने यस क्षेत्रको बाध्यता टरेको विद्यालयका सञ्चालक निर्मल सिंहले बताए ।


धनगढी उपमहानगरपालिका ५ तारानगरमामा अवस्थित उक्त विद्यालयमा यसै शैक्षिक सत्रबाट पठनपाठन शुरु गरिने भएको हो । 

काठमाण्डौका विभिन्न विद्यालयमा १३ बर्ष अध्यापन गरिसक्नु भएका  सिहंले आफ्नो अनुभव र मुलुकलाई सही पद्धतिमा अगाडि बढाउन सक्ने दक्ष जनशक्ति उत्पादनका लागि प्रविधियुक्त आधुनिक शिक्षा दिन स्कूल सञ्चालन गर्न लागेको जानकारी दिए ।

अंग्रेजी भाषा,इन्टरएक्टिभ शिक्षण पद्धती, स्तरीय प्रयोगशाला, स्मार्ट एटेनडेन्स पद्धति, आइपी क्यामेरा पद्धति, अनुभवी र निष्ठावान शिक्षक तथा विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सिकाइने बताइएको छ ।

केही नयाँ अभ्यासका रुपमा थप सृजनात्मक कार्यहरु समेत गरिने विद्यालय व्यवस्थापनले जनाएको छ । 

अतिरिक्त क्रियाकलाप अन्तर्गत योगा, मेडिटेसन, संगीत, वाद्यवादन, मार्सल आर्ट तथा विविध खेलकुद सञ्चालन गरिने विद्यालयका सञ्चालक तथा  प्रिन्सिपल सिहंले बताए ।

विद्यार्थीको अतिरिक्त क्रियाकलापप्रतिको रुचिलाई अझ बढाउँदै, खेल्दै, रमाउँदै, खादै पढ्ने वातावरणको व्यवस्था गरिएको जनाइएको छ ।

सुविधा सम्पन्न भौतिक पुवाधार सहित सञ्चालनमा ल्याइएको स्कुल भविष्यमा कक्षा १ देखि १० सम्म पढाइ हुने छ ।  सो विद्यालयले यो वर्ष भने कक्षा १ सम्म मात्र भर्ना लिने जनाएको छ ।