कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

पूर्वबाट पश्चिमतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका १७ धुर्जनाका करिब २८ब वर्षीय सिताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो । गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।