प्रतिनिधिसभा विघटन मुद्धामा निवेदकको तर्फबाट बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्धामा निवेदकको तर्फबाट बहस सकियो

संवैधानिक इजलासमा रिट निवेदनतर्फको बहस सकिएको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा आइतबारदेखि रिट निवेदकतर्फको बहस सकिएको हो ।

रिट निवेदक तर्फको बहस सकिएसँगै सोमबारदेखि सरकारी पक्ष बहस सुरु हुने भएको छ । इजलासले यसअघि नै सभामुखको पक्षलाई डेढ घण्टा र १५ घण्टामा सरकारी पक्षलाई १ घण्टा दिने जनाइसकेको छ ।