तपाईंको कम्प्युटरमा विन्डोज ११ चल्छ कि चल्दैन ? यसरी थाहा पाउनुहोस्

तपाईंको कम्प्युटरमा विन्डोज ११ चल्छ कि चल्दैन ? यसरी थाहा पाउनुहोस्

माइक्रोसफ्टले गत बिहीबार आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । कम्पनीका अनुसार यो नयाँ अपरेटिङ सिस्टम विद्यमान विन्डोज १० कम्प्युटरमा नि:शुल्क रुपमा अपग्रेड गर्न सकिनेछ ।

यो अंग्रेजी वर्षको अन्त्यसम्ममा विन्डोज ११ आम प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । विन्डोज ११ अपरेटिङ सिस्टम चल्नका लागि कम्प्युटरमा निश्चित न्यूनतम हार्डवेयर हुनैपर्नेछ । अर्थात् विन्डोज ११ चल्नका लागि तपाईंको ल्यापटप तथा डेस्कटपमा ४ जिबीको र्याम, ६४ जिबीको स्टोरेज तथा ६४ बिटको प्रोसेसर चाहिन्छ ।

तपाईंको कम्प्युटरको प्रोसेसरको क्षमता कति हो तथा र्‍याम कति छ ? भन्ने तपाईंलाई थाहा छैन र विन्डोज ११ सपोर्ट गर्छ कि गर्दैन भन्ने पनि एकिन छैन भने तपाईंले यसरी थाहा पाउनु सक्नुहुन्छ :

आफ्नो कम्प्युटरको वेब ब्राउजरमा गएर https://www.microsoft.com/en-us/windows/windows-11 लगअन गर्नुहोस् । उक्त पेजमा स्क्रोल डाउन गरेर Check for Compatibility खण्डमा जानुहोस् ।

-त्यहाँ गएर Download App बटनमा क्लिन गर्नुहोस् । त्यसपछि Windows PC Health Check सफ्टवेयर डाउनलोड हुन्छ ।

-डाउनलोड भएको उक्त सफ्टवेयर इन्स्टल गर्नका लागि सेटअप मा क्लिक गरी स्क्रिनमा देखाइने निर्देशन बमोजिम हेल्थ चेक सेटअप सफ्टवेयर इन्स्टल पूरा गर्नुहोस् ।

-इन्स्टलेसन पूरा भएसँगै Open Windows PC Health Check को Finish मा क्लिक गर्नुहोस् ।

-उक्त सफ्टवेयरको पेजमा रहेको विन्डोज ११ ब्यानरको मुनि Check Now बटनमा क्लिक गर्नुहोस् । उक्त टूलले तपाईंको कम्प्युटरको सिस्टम हार्डवेयरलाई स्क्यान गरी तपाईंको ल्यापटप वा डेस्कटपले विन्डोज ११ सपोर्ट गर्दछ कि गर्दैन भन्ने बताउनेछ ।