श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

धनगढी : श्रीमानको कुटाईबाट कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ । 

नगरपालिकाको वडा नम्बर २ प्रतापपुरमा स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुमा मृतकका श्रीमान ईन्द्रले श्रीमतीको लडेर मृत्यु भएको बताएका थिए । 

शस्का लागेपछि ईन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि गर्भाको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । 

उनका अनुसार बुधवार राती रक्सी खाई ईन्द्रले कुटदा गर्भाको मृत्यु भएको हो । गर्भाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृतका गर्भाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रहरीले बताएका छ ।