डोटीमा निषेधाज्ञा उल्लंघन गर्नेबाट सवा लाख जरिवाना असुल

डोटीमा निषेधाज्ञा उल्लंघन गर्नेबाट सवा लाख जरिवाना असुल

डोटी जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेबाट सवा लाखभन्दा धेरै जरिवाना उठाइएको छ।

कोरोना महामारीका बेला जिल्लामा जारी गरिएको निषेधाज्ञाको समयमा नियम आदेश उल्लंघन गर्ने व्यक्ति तथा सवारी साधनबाट सो १ लाख २८ हजार ६०० जरिवाना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार गा बैखाशदेखि हालसम्म २६ व्यक्ति, २४ चारपाङ्ग्रे सवारी र २ मोटरसाइकललाई गरिएको कारबाहीबाट सो रकम संकलन भएको हो।

निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही प्रहरीले जनाएको छ।

जिल्लामा प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।