टीकापुरको सति छोटी भन्सार मुख्य भन्सार कार्यालयमा परिणत

टीकापुरको सति छोटी भन्सार मुख्य भन्सार कार्यालयमा परिणत

धनगढी : धनगढीको गौरीफन्टा नाकालाई स्तरोन्नति गर्दै अन्तराष्ट्रिय नाका बनाउनुपर्ने आवाज उठिरहेका बेला सरकारले भने टीकापुरको सति छोटी भन्सारलाई मुख्य भन्सार कार्यालयमा परिणत गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले टीकापुरको सति छोटी भन्सारलाई मुख्य भन्सार कार्यालयमा परिणत गरेको हो ।

नेपालबाट विशिष्ट व्यक्तिको भारत भ्रमणका क्रममा प्रदेश ७ का व्यपारी तथा नेताहरुले गौरीफन्टा नाकालाई स्तरोन्नति गर्दै अन्तराष्ट्रिय नाका बनाउनुपर्ने माग राख्दै आएका थिए । तर, सुनुवार्ई भईरहेको थिएन । यस क्षेत्रबाट स्थानीय, प्रदेश र केन्द्रको चुनावका उम्मेद्वारको प्रमुख चुनावी मुद्धा पनि गौरीफन्टाको स्तरोन्नति थियो ।

यस क्षेत्रका नागरिकको मागलाई वेवास्था गर्दै सरकारले बुधवार टीकापुरको सति छोटी भन्सारलाई मुख्य भन्सार कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ ।

यसअघि पनि गौरीफन्टा नाका बन्द हुने खवरहरु समेत सार्वजनिक भएका थिए ।

सरकारले टीकापुरको सति छोटी भन्सारलाई मुख्य भन्सार कार्यालयमा परिणत गर्नुलाई जानकारहरुले त्यसको एउटा पाटोको रुपमा लिएका छन ।