चौरपाटी गाउँपालिकाले मनायो १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (फोटो फिचर)

चौरपाटी गाउँपालिकाले मनायो १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (फोटो फिचर)

अछाम । चौरपाटी गाउँपालिकाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

गाउँपालिकाको केन्द्र नजिकै रहेको खेतमा रोपाइँ गरी यो दिवस मनाईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद, प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा, पालिकाका कर्मचारी र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । 

यस्तै मुलुकभर नै रोपाइँ उत्सव गरेर धान दिवस मनाइएको छ। दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर असार १५ लाई उत्सवकै रुपमा मनाइने गरिएको छ। मानो रोपेर मुरी फलाउनका लागि धानको विउलाई रोप्ने गरिन्छ। 

यसैगरी कृषि विभागका अनुसार  नेपालमा अहिलेसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो । अघिल्लो वर्ष यो अवधिमा ३५ प्रतिशत रोपाइँ सकिएको थियो ।

चौरपाटी गाउँपालिकाको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव तस्बिरमा हेर्नुस :

May be an image of 1 person and outdoorsMay be an image of 10 people, people standing and outdoorsMay be an image of one or more people, people standing and outdoorsMay be an image of 1 person, standing and outdoorsMay be an image of one or more people, people standing and outdoorsMay be an image of outdoorsMay be an image of 1 person, grass and body of water