दार्चुलामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

दार्चुलामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

दार्चुलामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

जिल्लाको महाकाली नगरपालिका किम्तडी क्षेत्रमा कृषि ज्ञान केन्द्र दार्चुलाले रोपाइँ  नै आयोजना गरि राष्ट्रिय धान दिवस मनाएको हो । केन्द्रले स्थानीय कृषक कमल राज जोशीको खेतमा कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख पन्तले बताए ।

केन्द्रले प्रत्येक बर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाउने गरेको छ ।दार्चुलामा आज सम्म ७० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको प्रमुख पन्तले जानकारी दिए ।