नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशले गर्‍यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशले गर्‍यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

नेपाल खेलकुद महासंघ सुदुरपशिम प्रदेश केन्द्रिय स्थायी कमिटी सुदुरपशिम प्रदेशले सुदुर पशिम ट्राफिक प्रहरी कार्यालय अतरियाका सुरक्षाकर्मी लाई सेनिटाइजर माक्स कार्यालय प्रमुख बामदेव गौतमलाइ हस्तान्तरण गरेको छ ।
नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद का कार्यकारी सदस्य एकेन्द्र कुवरको प्रमुख आथित्यमा उक्त सामाग्रि वितरण गरिएको हो ।

मालाखेती इलाका प्रहरी कार्यालय का प्रमुख प्रेम शाही ,नेपाल खेलकुद महासंघ का स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष प्रकाश चन्द, सचिबालय सदस्य बालकृष्ण प्रसाई र सत्य राज स्नेही ,केन्द्रिय सदस्य तथा कैलालि जिल्ला अध्यक्ष चन्द्र बहादुर बिष्ट केन्द्रिय सदस्य रुपेश बि क ,कैलालि जिल्ला सचिब सुबाश चन्द , अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटा ,प्रहरी निरीक्षक राजेन्द्र सिंह र गणेश उप्रेती , प्र ना नि राजेन्द्र बम र अतरिया उधोग बाणिज्य संघ का सदस्य डिप्लब साउद को उपस्थिति रहेको थियो

उपाध्यक्ष एकेन्द्र कुवर ले महासंघले देशब्यापी रुपमा गरिरहेको अभियानका बारेमा जानकारी गराउनु भयो भने कार्यालय प्रमुख बामदेव गौतमले महासंघ परिवार लाइ धन्यबाद ज्ञापन गर्नु भयो। नेपाल खेलकुद महासंघले गरेको कोभिड नो भिड कार्यक्रम का संयोजक केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रशुराम बस्नेतको अगुवाइ मा देश को पुर्ब मेची देखि पश्चिम महाकाली सम्म यो कार्यक्रम भइरहेको बताउनु भयो