कैलालीमा आजदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्ने

कैलालीमा आजदेखि  जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्ने

आजदेखि कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर- बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ ।

अटो, मोटरसाइकल र स्कुटीमा पनि जोर-बिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ ।